१७ भदाै, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भोटेकोशी-त्रिशूली बाढीबाट सिर्जित विपद्को अवस्थाबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै आफू ‘विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको’ बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बाढीपछिको उद्धार, क्षति र पछिल्लो अवस्थाबारे जानकारी दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनको सुरुवातमै यस्तो धारणा राखेका हुन्। भदौ १० गते आएको विनाशकारी बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी र बेत्रावतीसहित नुवाकोटको त्रिशूली बजार तथा देवीघाट क्षेत्र प्रभावित भएको थियो। त्रिशूली नदी आसपासका धादिङ, चितवन र गोरखालगायत जिल्लाका तटीय बस्तीमा समेत बाढीले ठूलो क्षति पुर्याएको थियो।
१ हजार ११४ जनाको शव फेला
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा बेपत्ता भएकामध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ। जिल्लागत विवरणअनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव फेला परेको छ। बाढीमा अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको विवरण छ। घटनामा २९२ जना घाइते भएका छन्।
करिब १२ हजारको उद्धार
सरकारका अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। विपद्पछिको उद्धार, राहत तथा प्रभावितको अवस्थाबारे प्रतिनिधिसभालाई जानकारी गराउने क्रममा प्रधानमन्त्री शाहले यी तथ्यांक प्रस्तुत गरेका हुन्। विनाशकारी बाढीपछि सरकारको उद्धार तथा राहत अभियान, भएको क्षति र आगामी योजनाबारे संसद्मा प्रधानमन्त्रीको प्रत्यक्ष ब्रिफिङलाई महत्वका साथ हेरिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar