|  

महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा डीएनए नमुना सङ्कलन गरिँदै

१७ भदौ, काठमाडौं ।  रसुवाको बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन भइरहेको छ।

महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा आफन्तबाट डीएनए नमुना लिने क्रम जारी रहेको हो।

बेपत्ताको पहिचानका लागि उनका बाबु, आमा, छोरा वा छोरीमध्ये एक जनाले डीएनए नमुना दिन सक्ने जनाइएको छ।