१७ भदाै, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले रसुवासहित बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्रतिनिधिसभालाई जानकारी गराएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उद्धार अभियान जारी रहेको र अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको बताएका हुन्। बाढीमा परी घाइते भएका २९२ जनामध्ये १८२ जना उपचारपछि डिस्चार्ज भइसकेको प्रधानमन्त्री शाहले बताए। उपचाररत अन्य घाइतेको स्वास्थ्य अवस्थामा सुधार ल्याउन चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली निरन्तर खटिरहेको उनको भनाइ छ। प्रधानमन्त्री शाहले बाढीपछि सरकारले उद्धार तथा उपचारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारलाई समेत तीव्रता दिइएको बताए। बाढीबाट प्रभावित नागरिकको उद्धारसँगै घाइतेको उपचार र बेपत्ताको खोजीलाई सरकारले अघि बढाइरहेको भन्दै उनले संसद्मा पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar