|  

राहत लिएर आइपुग्यो अमेरिकी सेनाको जहाज, जापानबाट पनि राहत सामग्री आउँदै

१७ भदौ, काठमाडौं । बाढीपीडितका लागि राहत सामग्री लिएर अमेरिकी वायु सेनाको जहाज आज नेपाल आइपुगेको छ ।

राहत तथा उद्धारका सामग्री लिएर थाइल्यान्डबाट अमेरिकी वायु सेनाको जहाज काठमाडौँ आइपुगेको हो।

यसअघि आज बिहानै कोरियाबाट राहत सामग्री लिएर विशेष विमान काठमाडौं आएको थियो। त्यस्तै, आज अपराह्न जापानबाट समेत राहत सामग्री आइपुग्नेछ।