|  

सरकार उद्धारमा होइन, सामाजिक सञ्जालमा केन्द्रित भयो : आङ्देम्बे

१७ भदाै, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विपद्को बेलामा सरकार सामाजिक सञ्जालमै अल्झिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् । साथै, उनले सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लागेको बताए । ‘स्थलगत अवलोकन र उद्धारको पर्खाइमा पीडित परिवारका गन्थन सुनेपछि आज यो संसद्मा भन्न बाध्य भएको छु, सरकार सामाजिक सञ्जालमा अल्झियो,’ उनले भने, ‘जोखिम समुदायमा समयमा पुग्न सकेन । सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो । फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो ।’