|  

सुरुङहरूमा नेपाली सेनाको नेतृत्वमा अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीले खोज तथा उद्धार जारी राखेको छः प्रधानमन्त्री (पूर्णपाठसहित)

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् ।

उनले रसुवा बाढी, त्यसबाट नेपालले भोग्नुपरेको पीडालगायतका विषय समेटेर सम्बोधन गरेका छन् ।संसद्को रोस्ट्रमबाट प्रधानमन्त्री शाहले  भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले खोज, उद्धार, उपचार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेको संसद्लाई जानकारी गराएका छन्

 उनका अनुसार बाढीमा परेका ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ, भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् । प्रधानमन्त्री बालेनले प्रक्रिया समेत छोटो गराएर सरकारले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेको बताएका छन् ।

उनले प्रभावित क्षेत्रका विद्युत आयोजनाका सुरुङमा खोज र उद्धारको सन्दर्भमा घटना हुनासाथ खोज गर्दा र जहाँ जहाँ घाइते भेटिए, जहाँ जहाँ हेलिकोप्टर जान सक्यो त्यहाँ उद्धार तीव्र बनाएको जानकारी दिए।

‘प्रभावित विद्युत आयोजनाका सुरुङहरूमा नेपाली सेनाको नेतृत्वमा अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीले खोज तथा उद्धार जारी राखेको छ’, प्रधानमन्त्री शाहले भने । 

यस्तो छ सम्बोधनको पूर्णपाठ