१७ भदाै, काठमाडाैं । नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण सिर्जित हो वा मानव निर्मित दुर्घटना हो भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विपद्बाट उत्पन्न शोक र पीडालाई शक्तिमा बदल्न र भविष्यमा सम्भावित विपद्का घटना रोक्न भोटेकोशी बाढीको वैज्ञानिक र वस्तुगत निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तन र भूमण्डलीय तापक्रम वृद्धिले मानव जातिको अस्तित्वमै संकट उत्पन्न गरिरहेको समेत बताए । उनले विकसित देशहरूले उद्योग, यातायातलगायतका क्षेत्रमा अत्याधिक कोइला र ग्यास प्रयोग गर्दा विषाक्त ग्यास उत्सर्जन भई वायुमण्डलीय तापक्रम अस्वाभाविक रूपमा बढेको भन्दै चिन्ता समेत व्यक्त गरे । उनले बढ्दो तापक्रम वृद्धिका कारण हिमालको हिउँ पग्लिँदा त्यसले भयावह बाढीपहिरो निम्त्याउने र मानव बस्तीको अस्तित्वमा समेत असर पार्ने बताए । उनले भने, ‘यो प्रकृतिद्वारा सिजृत विध्वंश हो वा मानव निर्मित दुर्घटना ? यो शोक र पीडाको घडीमा यो प्रश्नको वस्तुनिष्ट विवेचना गर्न जरुरी छ । यसको वस्तुगत निष्कर्षबाट नै हामी शोक र पीडालाई शक्तिमा बदल्न सक्दछौँ । सम्भावित दुर्घटना रोक्न वा त्यसबाट बच्न सक्दछौँ । सभामुख महोदय, विज्ञ तथा वैज्ञानकिहरुको निष्कर्षअनुसार जलवायु परिवर्तन तथा भूमण्डलीय तापक्रम वृद्धिले मानव जातिको अस्तित्वमा नै संकट पैदा गरेको छ । विकसित देशहरुले उद्योग, यातायात तथा अन्य प्रयोजनको लागि अत्याधिक मात्रामा कोइला तथा ग्यास प्रयोग गर्दा त्यसले विशाक्त ग्यास उत्सर्जन गर्दछ । फलस्वरुप वायुमण्डलको तापक्रममा अस्वभाविक रुपमा वृद्धि हुन जान्छ । तापत्रमको वृद्धिले हिमालको हिउँ पग्लिन्छ जुन भयावह बाढीपहिरोमा परिणत हुन्छ । त्यसले मानव वस्तीको अस्तित्व नै मेटाउँछ, सभामुख महोदय उत्तरी तथा दक्षिणी धुर्वमा हिउँ पग्लिरहेका छन् । त्यसले एकप्रकारको सुनामी सृष्टि गरिरहेको छ ।’
उनले प्रधानमन्त्री शाहले आफ्नो शासन शैलीमा परिवर्तन गर्नुपर्ने तर्क समेत गरे । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar