१७ भदाै,काठमाडाैं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले बाढीपहिरोपछिको संकट व्यवस्थापनमा सरकारले प्रभावकारी नेतृत्व लिन नसकेको टिप्पणी गर्नुभएको छ ।
बुधवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै महरले सरकारले राष्ट्रिय संकटको घडीमा सबै पक्षलाई समेटेर अगाडि बढ्नुको साटो अहंकार र दम्भ देखाएको आरोप लगाउनुभएको हो । प्रमुख सचेतक महरले राजनीतिभन्दा मानवता माथि हुने उल्लेख गर्दै एमाले संकटको सामना गर्न राष्ट्रिय एकता कायम गर्ने पक्षमा सधैँ प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । महरले उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यमा सरकारको सुस्तताप्रति आपत्ति जनाउनु भयो । उहाँले राजनीतिक दल, नागरिक समाज र तीनै तहका सरकारको सहयोग लिनमा प्रधानमन्त्री चुकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले भदौ १० गतेको सदनको बैठकमै सरकारले संकटको नेतृत्व गरोस् र देश एक ठाउँमा उभियोस् भन्ने धारणा राखेका थियौँ । तर विगत एक हप्ताको घटनाक्रम हेर्दा सरकारले सबै शक्तिलाई परिचालन गर्न सकेको देखिएन । प्रधानमन्त्रीले हिलोमा खोज्ने मेसिन संसारमा कतै पाइँदैन भन्नुभयो, जुन तर्कसङ्गत छैन । साथै, बाढी आउनुभन्दा आधा घण्टाअघि एसएमएस पठाइएको दाबी पनि विवादास्पद छ । सम्बन्धित निकायले बाढी आएको ४५ मिनेटपछि मात्र सूचना संप्रेषण गरेको देखिन्छ । प्रधानमन्त्रीले यस्ता संवेदनशील विषयमा फेसबुक स्टेटसबाट मात्र नभई सरकारी संयन्त्रमार्फत आधिकारिक जानकारी दिनुपथ्र्यो ।’
मन्त्रीहरू आफैँ उद्धारस्थल र टनेलमा पसेर फोटो खिचाउन व्यस्त रहेको भन्दै महरले असन्तुष्टि व्यक्त गर्नुभयो । मन्त्रीहरू आफैँ जानुभन्दा सम्बन्धित क्षेत्रका विज्ञ र प्राविधिकहरूलाई परिचालन गरेर वास्तविक उद्धार र खोजी कार्यलाई तिब्रता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । एमालेले संकटको यस घडीमा आरोप–प्रत्यारोपभन्दा माथि उठेर, पीडितलाई न्याय र राहत प्रदान गर्न तथा बेपत्ताहरूको खोजी कार्य सफल बनाउन सरकारलाई पुनः आग्रह गरेको छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar