१७ भदाै, काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढी र पहिरोबाट अति प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।
अध्यक्ष ओलीले धादिङको गल्छी क्षेत्रमा पुगेर प्राकृतिक विपद्बाट पीडित स्थानीय बासिन्दाको अवस्थाबारे जानकारी लिनुका साथै उनीहरूका गुनासा सुन्नुभएको हो । उक्त क्षेत्रमा एमाले संवद्ध जनवर्गीय संगठनहरू राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र प्रवासी नेपाली मञ्च (ओएनएफ) लगायतका टोलीहरू उद्धार तथा राहत कार्यमा सक्रिय रहेका छन् । धादिङको अवलोकनपश्चात उहाँले नुवाकोटको बेलकोटगढी नगरपालिकाका केही प्रभावित स्थानहरूको समेत निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले बाढी र पहिरोले पु¥याएको भौतिक क्षति र राहत वितरणको अवस्थाबारे जानकारी लिनुभएको छ ।







Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar