|  

मलेसियाविरुद्ध फिल्डिङ गर्दै नेपाल

१८ भदौ, काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा घरेलु टोली मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

यूकेएम यूएसडी ओभलमा मलेसियाका कप्तान सैयद अजिजले टस जितेर ब्याटिङको निर्णय लिए ।

नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । यता, मलेसिया पनि घरेलु मैदानको फाइदा उठाउँदै लगातार दोस्रो जित निकाल्ने सोचमा छ ।