|  

चीनले सात दिनमै सञ्चालनमा ल्यायो बाढीले क्षतिग्रस्त राजमार्ग

१८ भदौ, काठमाडौं । चीनले तिब्बत क्षेत्रमा आएको बाढीले क्षतिग्रस्त राजमार्ग एक सातामै मर्मत गरी सञ्चालनमा ल्याएको छ ।

गत साता गएको भीषण बाढीले नेपालसँगै तिब्बत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । केरूङ जोड्ने मुख्य राजमार्ग पनि ध्वस्त बनाएको थियो । बाढीले क्षतिग्रस्त केरूङ जोड्ने मुख्य राजमार्ग बुधबार बिहानदेखि सञ्चालनमा आएको हो ।

राजमार्ग खुलेसँगै ठूला सवारीसाधन र भारी उद्धार उपकरण विपद्को मुख्य क्षेत्रमा पुर्‍याउन थालिएको  स्रोतले जनाएको छ ।

बरफ–चट्टानसहितको पहिरोमा परी चीनतर्फ १६ जनाको मृत्यु र ५४६ जना अझै सम्पर्कविहीन छन्।