|  

चीनको केरुङमा अड्किएका १२५ नेपाली आज स्वदेश फर्कंदै

१८ भदौ, काठमाडौं । बाढीका कारण चीनको केरुङमा अड्किएका १२५ जना नेपाली आज स्वदेश फर्कने भएका छन् ।

चिनियाँ पक्षले उनीहरूलाई आज नेपाल फर्काउन लागेको हो । भदौ १० गते भोटेकोशी खोलामा आएको भीषण बाढीका कारण केरुङ पुगेका नेपालीहरू त्यहीँ रोकिएका थिए ।

उद्धार तथा आवागमनमा आएको अवरोधका कारण उनीहरू केही दिनदेखि केरुङमै अड्किएका थिए।