|  

बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार

१८ भदौ, काठमाडौं । बाढीपहिरोपछि दूषित पानी र वातावरणका कारण आँखामा विभिन्न प्रकारका संक्रमण तथा चोटपटकको जोखिम बढ्ने भएकाले आँखाको सुरक्षामा विशेष ध्यान दिन चिकित्सकले आग्रह गरेका छन् ।

नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालकी मेडिकल निर्देशक डा पुष्पा गिरी श्रेष्ठले बाढीको दूषित पानीका कारण आँखा रातो हुने, सुन्निने, पिप जम्ने, चिलाउने, चोटपटक लाग्ने तथा दृष्टि धमिलो हुनेजस्ता समस्या देखिन सक्ने बताइन्।

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका नागरिक प्रभावित भएकाले उनीहरूलाई आँखाको सुरक्षामा विशेष सावधानी अपनाउन उनले सुझाव दिइन्।

यसैबीच, भरतपुर आँखा अस्पतालले बाढी प्रभावित नागरिकका लागि निःशुल्क आँखा उपचार सेवा सुरु गरेको छ।