|  

सुस्ताको सीमा संकेतका रुपमा रहेको ‘रुख’ बाढीले बगायो

१८ भदौ, काठमाडौं । नेपाल–भारतको सीमा छुट्याउनका लागि आपसी सहमतिमा सांकेतिक रूपमा कायम गरिएको सिमलको रुख बाढीले बगाएको छ ।

नवलपरासीको नारायणी नदीपारि रहेको सुस्तामा सीमा स्तम्भ नहुँदा भारतीय पक्षले पटक–पटक विवाद गर्दै आएको छ ।

विवाद समाधान गर्नका लागि सुस्तासँग सीमा जोडिएका नेपाल र भारतका जिल्लास्तरका सुरक्षा प्रमुख तथा स्थानीयको सहभागितामा १८ वर्षअघि (२०६५ साल) सिमलको रुखलाई सांकेतिक सीमा चिन्ह मान्दै आएको थियो ।

सीमा स्तम्भ नहुँदा सांकेतिक रूपमा सीमा छुट्याउँदै आएको रुख नै बाढीले बगाएपछि सुस्तामा सीमा सुरक्षाको विषय अझ जटिल बन्न सक्ने भन्दै तत्कालका लागि स्थानीयस्तरमा आउन सक्ने विवादतर्फ ध्यान दिन सुस्ताबासीले सम्बन्धित निकायसँग माग गरेका छन्।