|  

वडाध्यक्षमाथि मोबिल छ्यापेको आरोपमा वडा सदस्य पक्राउ

१८ भदौ, काठमाडौं ।  स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भुपराज वस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका सदस्य सन्तोष थापा मगर पक्राउ परेका छन् ।

मंगलबार दिउँसो १ बजे चापाकोट–१ को वडा कार्यालय परिसरमा वडाध्यक्ष वस्तीको शरीरमा मोबिल छ्याप्ने कार्यमा संलग्न रहेको आरोपमा ३१ वर्षीय थापा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थापा मगर सोही वडाका वडा सदस्य समेत हुन् ।