|  

विपद्को समयमा राजनीतिक सहमति कायम राख्न रविको जोड

१८ भदौकाठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्को समयमा राजनीतिक तथा राष्ट्रिय सहमति कायम राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

बिहीबार बसेको पार्टी सचिवालय बैठकमा लामिछानेले विपद्का बेला सबै पक्षबीचको एकता र सहकार्य आवश्यक रहेको बताएका हुन्। बैठकपछि रास्वपा प्रवक्ता जगदीश खरेलले सभापति लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल र त्यसबाट निस्किएका निष्कर्षबारे पनि सचिवालयलाई जानकारी गराएको बताए। खरेलका अनुसार लामिछानेले सर्वदलीय बैठकमा व्यक्त भएको ऐक्यबद्धताका लागि सहभागी सबैलाई धन्यवाद दिएका थिए। ‘विपद्को अवस्थामा राजनीतिक र राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्छ भन्नेमा सभापतिज्यूले जोड दिनुभएको छ,’ प्रवक्ता खरेलले भने।

बैठकमा विपद् व्यवस्थापनसँगै सर्वदलीय सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको रास्वपाले जनाएको छ।