१८ भदौ, काठमाडौं । सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनस्थित अभिलेख शाखामा आगलागी भएको छ।
आगलागीबाट प्रयोगविहीन तथा काम नलाग्ने प्रकृतिका कागजात र कानून पत्रिकाका केही प्रति जलेका छन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार गतराति आगलागी भएपछि सुरक्षाकर्मी र कर्मचारीले दमकल बोलाएर आगो नियन्त्रणमा लिएका थिए। कर्मचारीहरूले बिजुलीको प्लग सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन्। आगलागीबाट विचाराधीन मुद्दाका कागजातमा भने कुनै क्षति नभएको अदालतले जनाएको छ। आगलागी अभिलेख शाखाकै एउटा कोठामा सीमित रहेको र अन्य क्षेत्रमा असर नपरेको प्रवक्ता कोइरालाले बताए।
निर्माणाधीन भवनमा काम नलाग्ने तथा प्रयोगविहीन फाइल र कागजात मात्र राखिएकाले महत्वपूर्ण अदालती अभिलेख सुरक्षित रहेको अदालतको भनाइ छ। गत भदौ २४ गतेको आगजनीपछि सर्वोच्च अदालतले एनेक्स भवनबाट सेवा सञ्चालन गर्दै आएको छ। अहिले नयाँ भवनको एक भागबाट इजलास र प्रशासनिक काम भइरहेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar