१८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले जलविद्युत् आयोजनाका उत्पादन तथा प्रसारण संरचनामा क्षति पुर्याएपछि नेपालबाट बंगलादेश हुँदै आएको विद्युत् निर्यात रोकिएको छ। भारततर्फ भइरहेको विद्युत् निर्यातमा समेत कटौती गरिएको छ।
बंगलादेशलाई विद्युत् बिक्रीका लागि सम्झौता भएका चिलिमे र त्रिशूली जलविद्युत् आयोजना प्रभावित भएपछि ती आयोजनाबाट उत्पादित करिब ४० मेगावाट विद्युत् बंगलादेश पठाउन नसकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। नेपालले भारत र बंगलादेशतर्फ गरी करिब १ हजार २ सय मेगावाटसम्म विद्युत् निर्यातको अनुमति पाए पनि बाढीबाट रसुवा र नुवाकोटका आयोजनामा क्षति भएपछि निर्यातयोग्य विद्युत्को उपलब्धता घटेको हो। प्राधिकरणका अनुसार बाढीबाट सरकारी तथा निजी क्षेत्रका गरी १२ जलविद्युत् आयोजना प्रभावित भएका छन्। उत्पादन क्षमता घटेपछि भारततर्फको निर्यातसमेत घटाउनुपरेको प्राधिकरणको भनाइ छ।
बाढीले विद्युत् उत्पादनमा असर पारेसँगै आयोजनामा कार्यरत श्रमिक तथा कर्मचारीको उद्धार पनि चुनौतीपूर्ण बनेको छ। प्रभावित आयोजनामा नेपाली तथा विदेशी कामदारसहित ९७४ जना सम्पर्कविहीन रहेको बताइएको छ। सुरुङ, भूमिगत विद्युत्गृह, कार्यालय तथा आवास क्षेत्रमा फसेका व्यक्तिको अवस्था अझै यकिन हुन सकेको छैन। लाङटाङ जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले सुरुङभित्र प्रवेश गरी खोजी गरिरहेको छ। टोली करिब १५० मिटरसम्म भित्र पुगेर विभिन्न स्थानमा होल बनाएर फसेकाहरूको अवस्थाबारे जानकारी लिने प्रयासमा छ। चिलिमे हाइड्रोपावरमा पनि विदेशी प्राविधिकसहितको टोली परिचालन गरिएको छ। माथिल्लो त्रिशूली-३ ‘ए’ आयोजनामा ९३ जनाको उद्धार टोलीले एक्स्काभेटर प्रयोग गरी सुरुङको आउटलेटमा जमेको लेदो, माटो र अन्य अवरोध हटाइरहेको छ। सुरुङभित्र पुग्न आउटलेट खुलाउने कामलाई प्राथमिकता दिइएको छ।
त्यस्तै, माथिल्लो त्रिशूली-३ ‘बी’ आयोजनामा नेपाली सेना, गैरसैनिक जनशक्ति र आयोजनाका अधिकारी परिचालन भएका छन्। पहिरो र लेदोका कारण अवरुद्ध बाटो खुलाउने तथा माटो हटाउने काम भइरहेको छ। भौगोलिक कठिनाइ, पहिरो, लेदो र सुरुङभित्र जमेको माटोका कारण उद्धार अभियान जोखिमपूर्ण बनेको छ। बाढी प्रभावित आयोजनाबाट उत्पादन पुनः सञ्चालनमा नआएसम्म नेपालबाट हुने विद्युत् निर्यातमा थप दबाब पर्ने देखिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar