१८ भदाै, काठमाडाैं । नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि नागरिकको उद्धार र व्यवस्थापनमा सरकार चुकेको बताएका छन् ।
बिहीवार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले आकस्मिक बाढीपछि पहिलो दुई दिन राज्यले उपलब्ध स्रोतसाधनअनुसार उद्धार तथा राहतमा काम गरेपनि त्यसपछि भने योजनासहित अघि बढ्न नसकेको बताएका हुन् । उनले विपद्पछिको उद्धारमा राज्यले मित्रराष्ट्रहरुसंगको सहयोग समयमा नै लिन नसक्दा थप समस्या भएको बताए । जलविद्युत आयोजनाको टनेलभित्र मानिस अझै उद्धार गर्न नसकिएको उनको भनाई छ । टनेल निर्माणका क्रममा तयार भएका नक्शा र प्राविधिक विवरण सम्बन्धित निकायसँग भएपनि उद्धार टोली कतिपय टनेलको वरिपरिसम्म पुग्न नसकेको उनले बताए ।
सरकारले टनेलभित्रको मानिस उद्धार गरेको भनेर गलत प्रचार गरेको पनि उनले आरोप लगाए । टनेल बाहिर भएका साइड–साइडका मान्छेहरू उद्धार गरेपनि टनेलभित्रका मानिसको उद्धार हुन नसकेको उनले बताए । त्रिशूली–३ ए आयोजनाको टनेलभित्र अझै मानिस जीवित मानिस हुनसक्ने भन्दै उहाँले उद्धारको प्रयास जारी राख्नुपर्ने बताए । उनले विपद्का बेला विदेशी सहयोग लिन गाह्रो मान्न नहुनेमा पनि जोड दिए । सरकारले नागरिकको उद्धारका लागि स्थानीय तह र प्रदेश सरकारसंग प्रभावकारी समन्वय गर्न नसकेको पनि आरोप लगाए । उनले सरकारले स्थानिय तहलाई तुईन व्यवस्थापन तथा आवश्यक उद्धार गर्न पनि नदिएको आरोप लगाए । उनले भने,‘एकदमै इमर्जेन्सीमा आएको बाढीका बेला राज्य, सरकारले र हामीले जति गर्न सक्थ्यौँ, दुई दिनभित्र त्यति ग¥यौँ । त्यसका लागि खासै कुनै कम्प्लेन पनि छैन । त्योभन्दा बढी गर्न सक्ने अवस्था पनि थिएन, सीमित स्रोत–साधनका बीच ती दुई दिनमा हामीले गर्न सक्ने काम ग¥यौँ । तर दुई दिनपछि हामी धेरै हदसम्म सम्हालिइसकेका थियौँ र हतोत्साहित अवस्थाबाट पनि बाहिर आइसकेका थियौँ । त्यसपछि प्रिप्लानिङसहित अगाडि बढ्नुपथ्र्यो, तर हामी त्यसमा चुकेका छौँ । चुकेकोलाई चुकेको भन्नैपर्छ । बाहिर मिडियामा होस् वा यहाँ अगाडि, हामीले त्यो कुरा स्पष्ट रूपमा भन्नुपर्छ, हामी चुकेकै हौँ । किनभने ती टनेलहरू निर्माण नक्साहरू हामीसँग पनि थिए होलान् । तर प्राविधिक टोलीहरू तत्कालै टनेलको वरिपरि पनि पुग्न सकेनन् । बाहिर के भ्रम फैलाइएको थियो भने धेरै टनेलबाट यति जना मानिस निकालियो, उति जना मानिस निकालियो भन्ने । तर अहिलेसम्म कुनै पनि टनेलभित्र पसेको मानिस निकालिएको छैन । यहाँ उपस्थित माननीयज्यूहरू र मिडियाका साथीहरूमध्ये कसैले भनिदिनुस्, कुन टनेलभित्र मानिसहरू पुगेर उद्धार गरिएको हो ? टनेल बाहिर, साइड–साइडमा भएका मानिसहरूलाई हामीले उद्धार गरेका हौँ, त्यो ठीक हो । तर हामीले कुनै पनि टनेल खोल्न सकेका छैनौँ र अहिलेसम्म कुनै टनेलभित्र पनि मानिस पुग्न सकेको छैन । अहिले त्रिशूली–३ ए को कुरामा पनि हाम्रो दैलेखका पाँच जनामध्ये दुई जना त्यहाँभित्र हुनुहुन्छ भन्ने आशङ्का छ । त्रिशूली–३ ए भित्र अझै पनि उहाँहरू जीवित हुनुहुन्छ भन्ने आशा हामीले राखेका छौँ । किनभने विद्युत् प्राधिकरणका कर्मचारीहरूले त्यहाँ सुरक्षित रूपमा बस्न सकिने ठाउँ रहेको बताइरहनुभएको छ । हामी त्यही आशमा बसिरहेका छौँ कि त्यहाँ जति जना हुनुहुन्छ, उहाँहरू सुरक्षित हुनुहुन्छ होला । तर आजसम्म पनि हामी त्यहाँसम्म पुग्न र खोल्न सकिरहेका छैनौँ । किनभने दुई दिन अगाडि नै हामीलाई सहायता चाहिँदैन, विदेशी सहायता चाहिँदैन भनेर एउटा किसिमको धारणा बनाइयो । तर हिजो प्रधानमन्त्रीज्यू आएर प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले नै हामीलाई झुटो बोल्नुभयो । उहाँले हिजो हामीले विदेशी सहायता लिन्नौँ भनेका छैनौँ भन्नुभयो ।’
उनले राहत पर्याप्त भएपनि वितरणमा समस्या देखिएको बताए । कतिपय स्थानमा पूर्वाधार अभावको कारण नै राहत पुग्न नसकेको उनको भनाई छ । उनले प्रभावित क्षेत्रमा विद्युत तत्काल शुचारु गर्न आवश्यक रहेको पनि बताए ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar