१८ भदाै, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारमा सरकारले गम्भीरता नदेखाएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले बाढीले पुरिएका टनेलमा पसि त्यहाँ फसेका नागरिकको तत्काल उद्धार गर्न समेत सरकारसँग माग गर्नुभयो । उहाँले प्रधानमन्त्रीले कुलमान घिसिङजस्ता जलविद्युत विज्ञहरुसँग समयमै संवाद नगरेकोप्रति आपत्ति जनाउनु भयो । उहाँले अहिले पनि बाढी प्रभावित पाँच वटा टनेलमा उद्धारकर्मी नपुगेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले सुरुङमा पसेको लेदो खन्ने मेसिन संसारमै छैन भनि बुधवारको सभाको बैठकमा दिएको अभिव्यक्तिप्रति समेत आपत्ति जनाउनु भयो । उहाँले उद्धार गर्न बजेट परिचालनको अधिकार सरकारबाहेक कुनै व्यक्ति विशेषसँग नरहेको उल्लेख समेत गर्नुभयो । उहाँले कुनै नागरिकले आफ्ना नागरिको उद्धारको माग गर्दा सत्तारुढ दल रास्वपाका नेता कार्यकर्ताहरुले व्यक्तिगत गालीगलौजमा उत्रिएकोप्रति पनि आपत्ति जनाउनु भयो । उहाँले भन्नुभयो, ‘सम्माननीय सभामुख महोदय, पाँचवटा टनेलमा केही काम नै भएको छैन । हामीले माग्ने सरकारसँगै हो । हिजो नख्खुमा बग्दै गएका नागरिकलाई उद्धार गर्दिनुस् भन्दा तत्काालीन प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले आक्रमण गरे । रातो लुगा लगाएका एमालेका कार्यकर्ताहरू त्यसबेला हामीलाई कुट्न आउँथे । अहिले एकजना महिलाले टनेलमा फसेका श्रीमान्को खोजी गरिदिनुस् भन्दा रास्वपाका नीलो साइबर स्यालहरू उनीमाथि दुव्र्यवहारसहित गालीगलौज र आक्रमण गरिरहेका छन् ।’
उहाँले बाढी प्रभावित नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar