१८ भदाै, काठमाडाैं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले भोटेकोशी बाढीपछिको खोज, उद्धार र राहत कार्यमा सरकारको प्रभावकारितामाथि प्रश्न उठाउनुभएको छ ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले सरकारले बेलैमा अन्तर्राष्ट्रिय सहयोग र अत्याधुनिक उपकरण परिचालन गर्न नसक्दा ठूलो मानवीय क्षति व्यहोर्नुपरेको बताउनुभएको हो । उपनेता अर्यालले प्रधानमन्त्रीले हालै दिएको हिलो पन्छाउने मेसिन संसारमै छैन भन्ने अभिव्यक्तिको खण्डन गर्नुभयो । उहाँले विश्वबजारमा यस्ता अत्याधुनिक र शक्तिशाली उपकरणहरू उपलब्ध रहेको उल्लेख गर्दै तथ्यहीन कुरा गरेर सरकार पन्छिन नहुने बताउनु भयो । जलविद्युत आयोजनाका सुरुङ (टनेल) भित्र लेदो पसेको भएपनि भित्री पावरहाउसका भवनहरू सुरक्षित हुनसक्ने र त्यहाँ मानिसहरू जीवितै रहने सम्भावना रहेकाले विशेष उद्धार टोली परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । बेपत्ताहरूको खोजी, शवको पहिचान र परिवारलाई हस्तान्तरण गर्ने कार्यलाई प्राथमिकता दिन उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो । एमालेले राहत कार्यमा सरकारलाई असहयोग गरेको भन्ने आरोपको खण्डन गर्दै अर्यालले पार्टीले एक करोड रुपैयाँ राज्यको कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
यसैगरी, ‘ग्रिन आर्मी’ नाम दिइएको समूह परिचालनप्रति आपत्ति जनाउँदै अर्यालले नेपाली सेनाको जस्तै पोसाक लगाएको शङ्कास्पद समूह परिचालन गर्नुको औचित्यमाथि प्रश्न उठाउनुभयो। सेनालाई नै विश्वास गरेर परिचालन गर्नुपर्ने उहाँको तर्क छ । अर्यालले विपद् पछिको पुनस्र्थापना र पुनर्निर्माणका लागि सरकारले तत्काल तीनवर्षे गुरुयोजना ल्याउनुपर्ने माग गर्नुभयो । उत्तरी नाकाहरू अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुन सक्ने जोखिम औँल्याउँदै उहाँले कोराला जस्ता वैकल्पिक नाकाहरू तत्काल सञ्चालनमा ल्याउन सरकारलाई सुझाव दिनुभएको छ । उहाँले राष्ट्रिय प्रतिष्ठाको विषय बनाएर विदेशी सहयोग अस्वीकार गर्नुभन्दा मानवीय जीवन रक्षालाई सर्वोच्च प्राथमिकता दिन आग्रह गर्नुभयो ।–न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar