|  

त्रिशूली–३ ‘ए’ अपडेटः सुरुङभित्र मानिसको आवाज सुनियो

१९ भदौ, काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी र उद्धार कार्यमा आशालाग्दो संकेत देखिएको छ।

सुरुङ भित्रबाट मानिसको आवाज सुनिएको जानकारी प्राप्त भएपछि उद्धार कार्यलाई थप तीव्रता दिइएको छ ।

उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनेको जानकारी दिएको हो

 हाल नेपाली सेना र सशस्त्र प्रहरीको विशेष उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यमा जुटिरहेको छ।