|  

विपत्तिका बेला आयल निगम र उद्योगीको मिलेमतोमा बढाइयो ग्यासको मूल्य

१९ भदौ, काठमाडौं । कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले मिलेमतोमा खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका छन् ।

नेपाल आयल निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् । १८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ।

आयल निगमसँगको सहमति अनुसार ग्यासको भाउ बढाइएको उद्योगीको दाबी छ । काठमाडौं उपत्यकामा रहेका ग्यास उद्योगले तराई क्षेत्रका ग्यास उद्योगमा रिफिल गरी ल्याउनुपर्ने बाध्यता भएकाले ढुवानी भाडा थप्नुपरेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।