|  

एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्र नुवाकोट जाँदै

१९ भदौ, काठमाडौं ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार बाढी प्रभावित नुवाकोटको विदुरलगायत क्षेत्रको अवलोकनमा जाने भएका छन् ।

प्रभावित क्षेत्र जानुअघि ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवा बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने एमालेले जनाएको छ ।