|  

त्रिशूली–३ ‘ए’को सुरुङबाट १० दिनपछि एक जनाको जीवितै उद्धार

१९ भदौ, काठमाडौं ।  रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ ।

खोजी तथा उद्धारमा खटिएका एक इन्जिनियरका अनुसार सुरुङभित्रबाट एक जनालाई जीवितै उद्धार गरिएको हो।