|  

को हुन् सुरूङबाट १० दिनपछि जीवितै उद्धार गरिएका दुई जना ?

१९ भदौ, काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा भदौ १० गतेदेखि फसेका दुई जनाको १० दिनपछि शुक्रबार बिहान जीवितै उद्धार गरिएको छ ।

उद्धार गरिएका सप्तरीका सञ्जय शाह र कविर महर्जन नेपाल विद्युत् प्राधिकरणमा कार्यरत छन् । शाह मेकानिकल फोरम्यान र महर्जन सुपरभाइजर हुन्। तिब्बत हुँदै आएको भीषण बाढीपछि उनीहरू सुरुङमा फसेका थिए।