|  

त्रिशुली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज सुनियोः गृह मन्त्रालय

१९ भदौ, काठमाडौं ।  रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज सुनिएको छ ।

त्योसँगै उद्धार टोली भित्र प्रवेश गर्दै गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ  ।आज बिहान यसअघि उक्त सुरुङभित्रबाट दुईजनालाई सकुशल उद्धार गरिएको थियो ।

उद्धार गरिएका व्यक्तिहरूमा ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जन रहेका छन् ।