|  

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा ? 

१९ भदौ, काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार)सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ हजार ५०० रुपैयाँले
बढेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदी पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला  ४ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।