१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनालाई नेपाली सेनाको नेतृत्वमा उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये कविर महर्जनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने सञ्जय साहको अवस्था स्थिर रहेको छ। बाढीपछि सुरुङभित्र मानिसहरू फसेको आशंकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा प्राविधिक विज्ञसहितको संयुक्त टोलीले खोज तथा उद्धार अभियान सञ्चालन गरेको थियो। सोही क्रममा आज बिहान कविर र सञ्जयलाई सुरुङबाट जीवितै बाहिर निकालिएको हो। उद्धारपछि कविर महर्जनलाई तत्काल हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। उनलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था जटिल रहेको छ।
उता, अर्का उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको बताइएको छ। थप स्वास्थ्य परीक्षण र निगरानीका लागि उनलाई पनि वीरेन्द्र सैनिक अस्पताल ल्याइएको छ। भोटेकोशीमा आएको बाढीपछि आयोजनाको सुरुङमा केही व्यक्ति फसेको आशंका गरिएको थियो। उद्धार टोलीले जोखिमका बीच सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्य अघि बढाएको हो। सुरुङभित्र अझै अन्य व्यक्तिहरू फसेको हुनसक्ने आशंकामा खोजी कार्यलाई तीव्र बनाइएको छ। सुरुङको अवस्था, पानीको बहाव र अन्य प्राविधिक जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकाय तथा प्राविधिक टोलीले समन्वयमा उद्धार अभियान जारी राखेका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar