|  

फेवातालमा खस्यो कार, दुईजनाको मृ#त्यु

१९ भदौ, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१८, गैरीचौतारास्थित फेवातालमा कार खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जनाको सकुशल उद्धार गरिएको छ।

बिहान करिब ५ बजे लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कार अनियन्त्रित भई तालमा खसेको थियो।

दुर्घटनामा भारतका २६ वर्षीय नवदीपकुमार यादव र २६ वर्षीय प्रियान्सु पाण्डेको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।

कारमा सवार २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादवको भने नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरेका छन्। उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ।