१९ भदाै, काठमाडाैं । भोजपुरका ग्रामीण बस्तीमा स्क्रब टाइफसको संक्रमणले जनजीवन प्रभावित बन्न थालेको छ ।
उच्च ज्वरोसँगै जिउ दुख्ने, थकान र अत्यधिक आलस्य हुने लक्षणले गाउँका बासिन्दा धमाधम ओछ्यान पर्न थालेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । कतिपय बस्तीमा घरैपिच्छे बिरामी पर्न थालेका छन् भने एकै परिवारका धेरै सदस्यसमेत संक्रमणबाट प्रभावित भएका छन् । उत्तरी साल्पासिलिछो गाउँपालिका-१ र २ कुलुङमा संक्रमण फैलिँदा स्थानीय प्रभावित भएका छन् । संक्रमणका कारण कतिपय परिवारका सदस्यहरू एकैपटक थलिँदा गाउँको जनजीवन नै प्रभावित बनेको छ । कुलुङका स्थानीय कृष्ण कट्टेलका अनुसार पछिल्लो समय गाउँमा ज्वरो र जिउ दुख्ने समस्या व्यापक बनेको छ ।
स्वास्थ्य चौकी कुलुङको तथ्यांक अनुसार गत साउन महिनामा मात्रै १६ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको थियो। त्यस्तै भदौको दोस्रो सातासम्म थप २० जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य चौकीले जनाएको छ। संक्रमण पुष्टि हुने क्रमसँगै अहिले पनि दैनिकजसो नयाँ बिरामी स्वास्थ्य चौकी पुगिरहेका छन् । स्वास्थ्य चौकीका अनुसार हाल दैनिक ७ देखि ८ जनासम्म स्क्रब टाइफस संक्रमणका बिरामी उपचारका लागि आउने गरेका छन्। यसअघिका संक्रमित बिरामीसमेत नियमित फलोअपका लागि स्वास्थ्य चौकी आउने गरेका छन् । स्वास्थ्य चौकीका इन्चार्ज मेनुका श्रेष्ठका अनुसार उपचारपछि स्वास्थ्यमा सुधार आएका बिरामीहरू सामान्य अवस्था भएर घर फर्किने गरेका छन्।
संक्रमित बिरामीमा अत्यधिक ज्वरो आउने, शरीर तथा जिउ दुख्ने, थकान र आलस्य महसुस हुने जस्ता लक्षण बढी देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन्। वर्षायामको प्रतिकूल मौसमसँगै संक्रमण फैलिने क्रम बढेको चिकित्सकहरूको भनाइ छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar