१९ भदाै, काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘ग्रीन आर्मी’ नामक समूहको गतिविधि, तालिम र आर्थिक स्रोतमाथि प्रश्न उठाएका छन् ।
शुक्रवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उनले उक्त समूहको परिचय र उद्देश्य स्पष्ट पार्न सरकारसँग माग गरेका हुन् । अध्यक्ष ओलीले सो समूहले वि.सं. २०७२ सालको भूकम्प र कोभिड–१९ को महामारीका समयमा राहत पु¥याएको भनी गरेको दाबीको खण्डन गरे । सेनाको ‘चुस्ता’ जस्तै देखिने पोशाक र कतिपयमा दज्र्यानी चिह्न समेत प्रयोग गरिएकोमा आपत्ति जनाउँदै ओलीले त्यसको कानूनी आधार र खर्चबारे जिज्ञासा राखे । उनले ७० हजारको संख्यामा रहेको दाबी गरिएको यस समूहको बुट, चुस्ता र परिचालन खर्चको स्रोत के हो भनी प्रश्न गरे । आफू प्रधानमन्त्री भएको समयमा उक्त संस्था दर्ता भएको भनी आएका चर्चाप्रति टिप्पणी गर्दै उनले संस्था दर्ता गर्ने काम प्रधानमन्त्रीको नभई सम्बन्धित प्रशासनिक निकायको भएको स्पष्ट पारे ।
अध्यक्ष ओलीले यति ठूलो संख्याको जनशक्ति कसरी गोप्य रहन सफल भयो र एक्कासि उद्धारका नाममा प्रदर्शन हुनुको प्रयोजन के हो भनी प्रश्न गरे । उनले रक्षा मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना र सशस्त्र प्रहरी बलले यस सम्बन्धमा नेपाली जनतालाई स्पष्ट जानकारी दिनुपर्नेमा जोड दिए । उनले भने, ‘यो संस्था २०७२ सालमा थिएन, कोभिडको समयमा पनि थिएन । गत वर्ष रसुवामा बाढी आउँदा वा मुलुकमा अन्य राजनीतिक घटनाक्रम हुँदा पनि यो युनिफर्ममा कुनै जनशक्ति देखिएको थिएन । सेनाले एनसीसीका विद्यार्थीहरूलाई आवधिक तालिम दिने गर्छ, तर यो समूह कसरी र कुन प्रक्रियाबाट तालिम प्राप्त भयो ? यसको खर्च कसले व्यहो¥यो ? मेरो नाम किन जोडिएको छ ? यसमा केही शङ्कास्पद कुरा लुकेको देखिन्छ । दर्ता गर्न प्रधानमन्त्रीको आदेश चाहिँदैन, यसका लागि छुट्टै ऐन र कार्यालयहरू छन् ।’
उनले नेपाली सेना र नेपाल प्रहरीले उद्धार तथा राहतका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा समेत गरे । ‘ग्रीन आर्मी’ जस्ता अपारदर्शी समूहको परिचालनले सुरक्षा र कानूनी मर्यादामा चुनौती थप्न सक्ने उनको संकेत छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar