|  

सरकारबाट जाँदा ढिला हुने भएर सीधै पीडितलाई राहत दियौंः केपी शर्मा ओली

१९ भदौ, काठमाडौं ।   नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितलाई प्रत्यक्ष रूपमा राहत पुर्‍याउनु आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले सरकारी कोषमार्फत जाँदा प्रक्रियागत ढिलाइ हुने भएकाले पार्टीले सिधै पीडितसम्म पुग्ने बाटो रोजेको तर्क गरे ।

‘हामीले सरकारी कोषमा रकम जम्मा नै गर्दैनौँ भनेका होइनौँ । तर सरकारी कोषमा जम्मा भएको रकम समयमै पीडितसम्म पुग्न ढिलाइ हुने अवस्थालाई मध्यनजर गर्दै हामीले सिधै पीडितको हातमा राहत पुर्‍याउने कार्यलाई प्राथमिकता दिएका हौँ,’ अध्यक्ष ओलीले भने ।