|  

भारतलाई तेल आपूर्ति जारी राख्छौँः रुसी राजदूत

१९ भदौ, काठमाडौं ।   भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका लागि रुसी राजदूत डेनिस अलिपोभले बताएका छन् ।

उनले रुसी तेल खरिदमा लगाइएका पश्चिमी माध्यमिक प्रतिबन्ध र शुल्कलाई भारतमाथि दबाब सिर्जना गर्ने रणनीति भन्दै आलोचना गरे।

उनले भारतले आफ्नो राष्ट्रिय हितअनुसार ऊर्जा खरिदसम्बन्धी निर्णय गर्न सक्ने बताए । ‘हामी भारतलाई आवश्यक पर्ने जति तेल आपूर्ति गर्न तयार हुनेछौँ । प्रतिबन्ध र शुल्क लगाउनेहरूले इमानदार सहकार्यको सट्टा दबाबको रणनीति अपनाएका छन्’, उनले भने।