|  

हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छः गृहमन्त्री गुरुङ

१९ भदौ, काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न दबाब दिएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री गुरुङले वर्षौँदेखि फिल्डको वास्तविकता नबुझी कुर्चीबाट मात्रै नेतृत्व गर्दाको परिणाम अहिले भोगेको बताएका हुन् ।

‘वर्षौँदेखि हामीले फिल्डको वास्तविक स्थिति नबुझी  कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम भोग्दै आएका छौँ। उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ’, उनले भनेका छन् ।

गुरुङले पुराने शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्ने व्यक्ति गलत भएको टिप्पणी गरेका छन् ।