१९ भदाै, काठमाडाैं । रसुवा बाढीमा परी ज्यान गुमाएका १ हजार २ सय ८७ जनाको शव फेला परेको छ ।
शुक्रवार मध्यान्हसम्म १ हजार २ सय ८७ जनाको शव फेला परेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी र सोसँग सम्बन्धित विपद्को पछिल्लो वस्तुस्थितिबारे अद्यावधिक गरेको विवरणअनुसार बाढीमा परी निधन भएकाहरुमध्ये चितवनमा सबैभन्दा बढी ३ सय ५९ जनाको शव फेला परेको छ । नवलपरासी पूर्वमा २ सय १९, नवलपरासी पश्चिममा २ सय १२, नुवाकोटमा १ सय ८४, रसुवामा १ सय ४०, गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत हुन सकेको छ । विपद्का क्रममा हालसम्म ५ हजार ३ सय ९७ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पताल, नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीमार्फत उपचार भइरहेको छ ।
उद्धार कार्यलाई तिब्रता दिँदै सुरक्षा निकायले हालसम्म १३ हजार ९३ जनालाई सुरक्षित स्थानमा पु¥याएको छ । शुक्रवार मात्रै त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ । हालसम्म नेपाली सेनाले ८ सय ३० पटक र निजी क्षेत्रले १ सय २९ पटक हेलिकप्टर उडान गरी उद्धार र राहत कार्यमा सहयोग पु¥याएका छन् । उद्धार गरिएकामध्ये ३ सय ३ जना विदेशी नागरिक रहेका छन् । विपद् व्यवस्थापनका लागि देशभर २१ हजार ४ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय ३१ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् ।
प्राधिकरणकाअनुसार हालसम्म ५ हजार ८३ जना सम्पर्कविहीन रहेका छन् । जसमा ५ सय ८३ जना विदेशी नागरिक छन् । सम्पर्कविहीन हुनेहरूमा रसुवाका २ हजार १ सय ३० र नुवाकोटका २ हजार ३ सय ४० जना रहेका छन् । सम्पर्कविहीनको संख्यामा पहिचान नभएका शवहरू समेत समावेश भएको हुनसक्ने प्राधिकरणको अनुमान छ ।
प्रारम्भिक आंकलनअनुसार बाढी र विपद्बाट ७ हजार ५ सय ७० निजी घरमा क्षति पुगेको छ । यस्तै, ४८ सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा पूर्ण तथा आंशिक क्षति भएको छ । यातायात क्षेत्रतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । विपद्बाट भएको कूल आर्थिक क्षति र नोक्सानी ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । शिघ्र पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।
प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीलाई प्राथमिकता दिइएको छ । काठमाडौंबाट ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैर–खाद्यान्न सामग्री पठाइएको छ भने सशस्त्र प्रहरीले १६३ हवाई उडानमार्फत नुवाकोट र रसुवामा राहत पु¥याएको छ। सरकारले रसुवा र नुवाकोट जिल्लालाई १÷१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । बाढीका कारण अवरुद्ध भएका सञ्चार सेवाहरू पनि क्रमशः सुचारु हुँदैछन् । नेपाल टेलिकमका १२० मध्ये ११६ र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन् । सम्पर्कविहीन विदेशी र उद्धार गरिएका व्यक्तिहरूको विस्तृत विवरण प्राधिकरणको आधिकारिक वेवसाइट र फेसबुक पेजमा उपलब्ध गराइएको छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar