|  

साउथ अस्ट्रेलियासँग नेपाल ‘ए’ १३८ रनले पराजित

 

१९ भदौ, काठमाडौं ।  नेपाल ‘ए’ क्रिकेट टोली साउथ अस्ट्रेलियासँगको अभ्यास एकदिवसीय खेलमा १३८ रनले पराजित भएको छ।

साउथ अस्ट्रेलियाले दिएको २६० रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ २२.१ ओभरमा १२१ रनमा अलआउट भयो। नेपालका लागि राशिद खानले ३७, मयन यादवले २० र दीपक डुम्रेले १८ रन बनाए।

यसअघि टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले दोजित होगनबूजमको १११ रनको शतक मद्दतमा ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन बनाएको थियो। नेपालका राशिद खानले दुई विकेट लिए।