|  

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

२० भदौ, काठमाडौं ।  चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले प्राकृतिक विपत्तिपछि नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ।

बिहीबार सिगात्सेस्थित रिजी बन्दरगाहमा आयोजित कार्यक्रममा सिचाङ स्वायत्त क्षेत्रले पठाएको राहत सामग्री नेपाल पक्षलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

राहत सामग्रीमा बेली ब्रिज निर्माणका प्यानल, सस्पेन्सन रड, सपोर्ट फ्रेम, पुलको डेक र आई–बिमलगायत सामग्री रहेका छन्। यी सामग्रीबाट दुईवटा बेली ब्रिज निर्माण गर्न सकिने बताइएको छ।