|  

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

२० भदौ, काठमाडौं । नुवाकोट र रसुवामा हिमताल विस्फोट भई भोटेकोशी नदीमा पुनः ठूलो बाढी आउन सक्ने हल्ला फैलिएपछि बाढी पूर्वसूचना केन्द्रले तत्काल ठूलो बाढीको सम्भावना नरहेको स्पष्ट पारेको छ ।

हिमताल विस्फोट र बाढीको जोखिमबारे विभिन्न माध्यमबाट अत्यधिक सोधपुछ हुन थालेपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको केन्द्रले शुक्रबार राति सूचना जारी गर्दै वास्तविकता सार्वजनिक गरेको हो।

केन्द्रका अनुसार चिनियाँ समकक्षी निकायसँग निरन्तर सम्पर्कमा रहेर प्राप्त सूचना र नदीको अवस्थाबारे नियमित अनुगमन भइरहेको छ।