|  

माथिल्लो त्रिशूली-१ मा भेटियो ६ जनाको श#व 

२० भदौ, काठमाडौं । बाढीले क्षतिग्रस्त २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा शुक्रबार ६ जनाको शव फेला परेको छ ।

आयोजनाको सुरुङ तथा हेडवर्क्समा हराइरहेकाहरूको खोजी क्रममा तालिमप्राप्त कुकुर समेतको सहायतामा ६ जनाको शव फेला परेको निजी ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जानकारी दिएको छ ।

सल्लेटार क्षेत्रमा भेटिएका ती ६ शव नेपाली सेनाले बट्टार ल्याएको छ । उद्धारका लागि कोरियाली उद्धार टोली, शेर्पाहरू, सर्च, ड्रोन टिम सक्रिय रहेको आयोजनाले जनाएको छ ।

विशेष क्यामेरा र तालिमप्राप्त कुकुर पनि सोही क्षेत्रमा लगिएको छ ।बाढी आउनुअघि माथिल्लो त्रिशूली–१ आयोजनास्थलमा कूल १ हजार ४ सय ३३ जना कार्यरत थिए ।

तीमध्ये हालसम्म ८  सय ७६ जनाको उद्धार भइसकेको छ । अझै ५ सय ५१ जना सम्पर्कविहीन छन् ।