|  

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोनको प्रयोग  

२० भदौ, काठमाडौं । बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन प्रयोग गरिने ड्रोन त्रिशूलीमा परीक्षण तथा प्रयोगमा ल्याइएको छ।

चीन सरकारले नेपाललाई बाढी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य राहत सामग्री ढुवानीका लागि चारवटा ड्रोन उपलब्ध गराएको हो।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ।

एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्राम राहत सामग्री बोक्न सक्ने यी ड्रोन अब रसुवालगायत बाढी प्रभावित क्षेत्रमा परिचालन गरिनेछ।