|  

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

२० भदौ, काठमाडौं ।  एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा दिँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप ७ दिन विस्तार गरेको छ।

सहज सञ्चार, खोज तथा उद्धार र राहत वितरणमा सहयोग पुर्‍याउने उद्देश्यले एनसेलले भदौ २० देखि २६ गतेसम्म प्रभावित क्षेत्रमा निःशुल्क सेवा उपलब्ध गराउने भएको हो।

यसअघि बाढी आएको भदौ १० गतेदेखि एनसेलले प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको थियो।