|  

बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट, १० जनाको मृ#त्यु, ६० भन्दा बढी घाइते

२० भदौ, काठमाडौं । बोलिभियामा एक सैन्य परिसरभित्र भएको शक्तिशाली विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् ।

स्थानीय स्वास्थ्य निर्देशक रीटा नेब्रास्काका अनुसार मृतकको संख्या १५ सम्म पुग्न सक्ने आशंका गरिएको छ । शुक्रबार दिउँसो करिब २ः३० बजे विस्फोट भएको हो । विस्फोट सैन्य परिसरको त्यस्तो क्षेत्रमा भएको थियो, जहाँ आतिशबाजी तथा पाइरोटेक्निक सामग्री भण्डारण गरिएको थियो ।

रक्षा मन्त्रालयको भण्डारमा राखिएका यस्ता सामग्रीबाट विस्फोट सुरु भएको भए पनि यसको वास्तविक कारण अझै स्पष्ट भइसकेको छैन । घटनामा ६२ जना घाइते भएको प्रारम्भिक विवरण आएको छ । घाइतेमध्ये १४ जनालाई थप उपचारका लागि राजधानी ला पाजका अस्पतालमा लगिएको छ ।

विस्फोटबाट ५० भन्दा बढी मानिस घाइते भएका छन्। विस्फोटको तीव्रताका कारण सैन्य परिसर आसपासका दर्जनौँ घरमा समेत क्षति पुगेको छ भने धेरै घरका झ्यालका सिसा फुटेका छन्।