|  

उद्धारस्थलमै भरत खवासलाई दर्ज्यानी चिह्न

२० भदौ, काठमाडौं ।  बाढी प्रभावित नुवाकोटको त्रिशूली क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी भरत खवासलाई उद्धारस्थलमै मेजर सेनानीको दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

नेपाली सेनाले सहसेनानी (क्याप्टेन)खवासलाई मेजरमा बढुवा गरेको हो। उद्धारमा खटिइरहेका खवासलाई नेपाली सेनाका सहायक रथी अनुपविक्रम राणाले उद्धारस्थलमै नयाँ दर्ज्यानी चिह्न प्रदान गरे।

सामान्यतया सैनिक मुख्यालय वा ब्यारेकमा हुने पदोन्नतिको औपचारिकताभन्दा फरक रूपमा उद्धार कार्यमै परिचालित रहेका बेला खवासलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो। उनी हाल नुवाकोटका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सक्रिय छन्।