|  

औद्योगिक राष्ट्रहरू को कार्बन उत्सर्जनले नेपालमा विपत्ति निम्तियोः पोखरेल

२० भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति नेपालले पाउनुपर्ने बताएका छन् ।

एमाले विशेष संगठन कमिटीले च्यासलमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै पोखरेलले औद्योगिक राष्ट्रहरूले सिर्जना गरेको समस्याका कारण नेपालजस्ता विकासशील देशले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको बताए।

उनले विकसित देशहरूले ठूला उद्योग र आणविक भट्टीबाट अत्यधिक कार्बन उत्सर्जन गर्दा त्यसको असर नेपालजस्ता देशले भोग्नुपरेको भन्दै नेपालमा भएको जनधनको क्षतिको क्षतिपूर्ति उनीहरूले तिर्नुपर्ने धारणा राखे।

पोखरेलले क्षतिपूर्तिका लागि नेपालले अघि बढाउने न्यायको अभियानमा विश्व समुदायले साथ दिनुपर्ने मागसमेत गरे।