|  

इरानको माउन्ट कलाङ्गमा चाँडै हमला गर्ने ट्रम्पको चेतावनी

२० भदौ, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको माउन्ट कलाङ्गमा चाँडै हमला गरिने बताएका छन् ।

शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकाले इरानस्थित ‘पिक्याक्स माउन्टेन’ मा चाँडै हमला गर्न सक्ने बताएका हुन् । ट्रम्पले इरानसँग जारी अमेरिकी संघर्षलाई ठूलो युद्धका रूपमा लिन नहुने टिप्पणीसमेत गरेका छन् ।

‘धेरै मानिस यसलाई युद्ध भन्दैनन् । म यसलाई सैन्य संघर्ष भन्छु,’ उनले भने, ‘किनकी यो हाम्रा लागि निकै मामुली कुरा हो । यो कुनै ठूलो कुरा होइन ।’

इरानको नताञ्ज परमाणु केन्द्रनजिक रहेको उक्त क्षेत्र अत्यधिक सुरक्षित मानिन्छ । त्यहाँ जमिनमुनि निकै गहिरा दुईवटा सुरुङ रहेको बताइन्छ ।