|  

चीनको सिजाङ क्षेत्र बन्दरगाहमा पहिरोबाट ज्यान गुमाउनेको संख्या ३१ पुग्यो 

२० भदौ, काठमाडौं । चीनको दक्षिण–पश्चिम सिजाङ स्वायत्त क्षेत्र चीन–नेपाल सीमाको गिरोङ क्षेत्रमा पहिरोपछि आएको बाढीका कारण ज्यान गुमाउनेहरुको संख्या ३१ जना पुगेको छ ।

गएको अगस्ट २६ तारिख अर्थात् भदौ १० गते बुधबार आएको पहिरोमा ज्यान गुमाउनेहरुको संख्या ३१ जना पुगेको हो ।

पहिरोपछि आएको ठूलो बाढीबाट ५३१ जना सम्पर्कविहिन रहेका छन् । उनीहरुको खोजी कार्य भैरहेको छ ।