|  

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

२० भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९७१ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सरकारले यसअघि कोषमा जम्मा भएको १ अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।

कार्यालयका अनुसार ९ वटा वाणिज्य बैंकमा ८ अर्ब ६ करोड २५ लाख १५ हजार ५१८ रुपैयाँ तथा हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा १ करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर मौज्दात रहेको छ।