२० भदाै, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्ने बताएका छन्।
शनिबार चन्द्रलोक प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको निजामती सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले बाढी आएको लामो समयपछि पनि नागरिकको जीवितै उद्धार हुनु सकारात्मक भए पनि समयमै उद्धारलाई तीव्र बनाउन सके थप जनधनको क्षति रोक्न सकिने अवस्था देखिएको बताए। उनले आगामी दिनमा विपद् व्यवस्थापन र उद्धारका लागि राज्यले प्रभावकारी तयारी गर्नुपर्नेमा जोड दिए। कर्मचारीलाई त्रास वा दबाबमा काम गराउनुको सट्टा असल नेतृत्व, स्पष्ट नीति र योजनाको कार्यान्वयनमार्फत उत्प्रेरित गर्नुपर्ने उनको भनाइ थियो।
प्रचण्डले देशको राजनीति, कर्मचारी संयन्त्र र राज्यका निकायमा अन्योल तथा अस्थिरता देखिएको टिप्पणी गर्दै लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि राजनीतिक नेतृत्वदेखि आम नागरिकसम्म सचेत हुनुपर्ने बताए। सरकारले राम्रो काम गरे समर्थन र गलत काम गरे आलोचना गर्ने आफ्नो नीति भए पनि सरकारका पछिल्ला गतिविधि सकारात्मक नदेखिएको उनले टिप्पणी गरे।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar