|  

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, भग्नावशेष हटाउँदै नेपाली–भारतीय टोली

२० भदाै, काठमाडाैं । भोटेकोशी बाढीपछि मानिस फसेको आशंकामा रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली र भारतीय उद्धार टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्।

टोलीले सुरुङ क्षेत्रमा थुप्रिएको पानी, माटो र भग्नावशेष हटाउँदै सुरुङको छत नजिकसम्म पहुँच बनाएको नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले जानकारी दिएका छन्। उनका अनुसार बाटो खनेर क्षेत्र खाली गरिएपछि भारी मेसिनरी सुरुङभित्र लैजान सहज हुनेछ। साथै स्याफ्रुबेसीबाट सुरुङको पोर्टलसम्म पहुँच मार्ग निर्माणको काम पनि भइरहेको छ। अप्ठ्यारो भूगोल र साँघुरो उपत्यकाका कारण ठूला हेलिकप्टर प्रयोग गर्न नसकिएको भन्दै राजदूत श्रीवास्तवले पहुँच मार्ग बनेपछि एक्साभेटर घटनास्थलमा पुर्‍याएर उद्धारलाई थप प्रभावकारी बनाउन सकिने बताएका छन्।